गृहपृष्ठ » News » म न्यायको लागी हेगसम्म जान्छु :- चौधरी

म न्यायको लागी हेगसम्म जान्छु :- चौधरी

 Posted by Itahari Fm | error | ३२३ पटक

बिनय बाह्रकोटी

 

सुनसरी क्षेत्र नं ३ बाट बाम गठबन्धनको उमेद्धवार बनेकी भगवति चौधरीले आफुमाथी अन्याय भएको बताएकी छिन् । चौधरीले न्यायको लागी सर्वच्च अदालत देखी अन्तराष्ट्रिय अदालत सम्म जाने बताइन् । उनले सुनसरी जिल्ला प्रहरी प्रमुख बिध्यानन्द माझी, निर्वाचन अधिकृत पुरुषोतम ढकाल र बिजय कुमार गच्छाधार बिरुद्ध अन्तराष्ट्रिय अदालत जाने बताएकी छिन् । इटहरी एफएमको नियमित कार्यक्रम समय बिशेषमा कुरा गर्दै चौधरीले सो कुरा बताएकी हुन् । उनले भनिन् “म न्यायको लागी जस्तो सुकै त्याग गर्न पनि आफु तयारछु । आफु संग भएको सम्पुर्ण सम्पती बेचेर भएपनि न्याय लिएरै छाड्छु । ”

आफु माथी धादली गरेर हराइएको भन्दै उनले गच्छाधार बिरुद्ध आक्रोश पोखेकी छिन् । सबै तिर सेटिङ्ग गरेर मलाइ हराइयो । उनि भन्छिन “मैले २०७० सालको निर्वाचनमा पनि जितेको थिए तर मेरो बिरुद्धमा सम्पुर्ण सरकार लाग्यो मलाइ पार्टीले पनि साथ दिएन, मलाइ पराजित घोषणा गरीयो । ” तर उनले यसपाली कुनै हालतमा न्याय लिएरै छाड्ने ठोकुवा गरीन् । मलाइ पराजित भनिन्छ भने म पनि गच्छाधारलाइ काम गर्न दिन्न । पाँच बर्ष भरी मुद्धा खेपाएर बदला लिन्छु उनले भनिन् । अघिल्लो निर्वाचनमा पार्टीको दबाब आयो र मैले छाडे यसपाली छाड्दिन ।

निर्वाचन अधिकृत मतगणना स्थल मा नबसेर बाहीर बाहीर सेटिङ्ग गर्दै हिडेको, प्रहरी प्रमुखले प्रशासनको दुरुपयोग गरेको भन्दै मुद्धा हान्ने बताएकी छिन् । “ब्यालेट बक्सको सिल र मुचुल्काको कागज फुलबारीमा भेटीएकोछ । त्यसले पनि धादली भएको आधार स्पस्ट पार्छ ” चौधरीले भनिन् । उनि भन्छिन “प्रशासनले एकलौटी पेल्न खोज्यो मेरा एजेन्ट लाइ बाहीर निकालेर धादली गर्यो ।”

अब बिजय कुमार गच्छाधार, सुनसरी प्रहरी प्रमुख र निर्वाचन अधिकृत बिरुद्धमा सर्वच्च अदालतमा मुद्धा हाल्ने र त्यसपछि हेग सम्म जाने उनले बताएकी छिन् । यो लोकतन्त्र र जनमत प्रतिको अपमान हो उनले भनिन् । जनताको मन जित्न नसक्ने अनि पैसा र पहुचको भरमा लोकतन्त्रको दुरुपयोग गर्ने लाइ यसपाली तह लगाएरै छाड्ने चौधरीले बताइन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg