गृहपृष्ठ » News » गच्छदारको डवल ह्याट्रीक

गच्छदारको डवल ह्याट्रीक

 Posted by Itahari Fm | error | २६६ पटक

सदाबहार मन्त्री भनेर चिनिने काग्रेस नेता बिजय गच्छदारले यसपटक पनि सुनसरी ३ बाट चुनाब जितेर डबल ह्याट्रीक गरेका छन् । २०४८ सालदेखि यो क्षेत्रबाट गच्छदारले हरेक चुनाबमा लगातार जितीरहेका छन् ।

यस पटक पनि बामगठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतको अन्तरले हराउँदै उनी विजयी भए । गच्छदारले ३८ हजार ९ सय ३२ मत पाए भने चौधरी ३८ हजार ६ सय ५१ मत पाएर पराजित भईन ।

गच्छदारले नेपालमा प्रजातन्त्र आएदेखि कुनै पनि निर्वाचनमा हार्नु परेको छैन् । उनले यस पटक क्षेत्र नं. ३ बाट छैठौं पटक चुनाव जितेर डवल ह्याटिक गरेका हुन । उनी २०४६ सालको परिवर्तनपछि हरेक पटक बनेको सरकारमा प्रभावशाली मन्त्री बन्दै आएका छन् । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दस बर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधीसभाका लागि चुनाब जितेका हुन ।

काँग्रेस र फोरम लोकतान्त्रिक एकता भएपछि कुनै समस्या नहुने हुँदा जित सजिलै निकाल्ने आशा गच्छदारको थियो तर त्यती सहज जित हुन सकेन । गच्छदारले काँग्रेस छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बिजयी भएका थिए । गच्छदारले २०६४ सालमा फोरम नेपालबाट २३ हजार सात सय ६९ मत ल्याएर जितेका थिए । त्यतिबेला काँग्रेसले दस हजार आठ सय छ र एमालेले पाँच हजार सात सय २३ ल्याएको थियो । २०७० सालको निर्वाचनमा ६१ हजार आठ सय ६५ मतदाता रहेकोमा गच्छदारले १७ हजार पाँच सय २४ मत ल्याएका थिए । एमालेकी भगवती चौधरीलाई उनले त्यसबेला पनि तीन सय ६२ मतले पछि पादैं बिजयी भएका थिए ।

गच्छदार २०३० सालमा प्रजातन्त्रिक आन्दोलनका लागि आर्थिक सहयोग जुटाउन नेता गिरीजाप्रसाद कोइरालको निर्देशनमा भएको विमान अपहरण काण्डमा पनि संलग्न थिए । विद्यार्थी आन्दोलनमा सक्रिय हुने क्रममा उनी २०३३ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु सभापति भए । सुनसरी क्षेत्र नम्बर २ बाट काङ्ग्रेसका तर्फबाट २०४८ सालको आम निर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा गच्छदार विजयी भए । उनी २०६४ सालमा मधेसको माग सम्बोधन नगरेको भन्दै काङ्ग्रेससँग असन्तुष्ट भएर मधेसी जनअधिकार फोरम नेपालमा आबद्द भएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg