गृहपृष्ठ » News » इटहरी उपमहानगरपालिकामा खुलमखुल्ला अख्तियारको दुरुपयोग

इटहरी उपमहानगरपालिकामा खुलमखुल्ला अख्तियारको दुरुपयोग

 Posted by Itahari Fm | error | ४०७ पटक

विनय बाह्रकोटी :-

इटहरी उपमहानगरपालीकाको गेट अगाडी हतास अनुहारमा यताउता गरीरहेकी थिइन सुमित्रा मगर । इटहरी १७ निवासी सुमित्राका साथमा इटहरी उपमहानगरपालीकाका दुइ वटा खाली लेटरप्याड छन् । बिदेश पढ्न जानुपर्ने भएकोले कागजात मिलाउन नगरपालीका कार्यलय आएको उनले बताइन् । लगातार चार दिन देखी उनि नगरपालीका आएर काम नभएपछी खालीहात फर्कीरहेकी थिइन् । काम खासै ठुलो हैन तर पनि समस्या ठुलो भएर देखा पर्यो । उनलाइ भोली सम्ममा सम्पुर्ण काजतात पुर्याउनु पर्ने बाध्यताछ । बिदेश जानको लागी जन्मदर्ता अंग्रेजिमा बनाउनुछ । नगरपालीका कार्यलयमा अंग्रेजीमा लेख्ने कर्मचारी नभएको कारण काम रोकीएको रे उनले अतालिदै भनिन् । त्यसैक्रममा नगरपालीकाका एक कर्मचारीले लेटर प्याड सहित फर्मेट उपलब्ध गराएपछी उनलाइ कहाँ कसरी तयार गर्ने भन्ने समस्या परेको हो ।
त्यस्तै इटहरी ५ का बबिन श्रेष्ठको पनि समस्या एउटै हो । उनलेपनि नगरपालिकाको लेटर प्याड बाहीर लगेर बल्लतल्ल सिफारीर बनाएर ल्याए । बिगत तिन दिन देखि कार्यलय धाइरहेका उनको यसपटक भने काम भयो । धेरै झन्झटका बाबजुद काम भएकाले उनमा यद्ध जिते जस्तो भाव देखिन्थ्यो ।

सेवा ग्राहीले निशुल्क कुनै झन्झट बिना पाउने सामान्य कामको लागी युद्ध लडेजस्तो संघर्ष गरीरहनु परेकोछ । इटहरी उपमहानगरपालीका कार्यलयमा अंग्रेजी माध्यममा सिफारीस बनाउने जनशक्ति नहूँदा सेवाग्राही मारमा परेकाछन् । निशुल्क पाइने सेवाको लागी बाहीर बिभिन्न कम्युनिकेशन सेन्टरमा तिनदेखी पाँचसय रुपैया सम्म तिरेर सिफारीस बनाउनु पर्ने बाध्यता छ । त्यो पनि सहजै बन्दैन ।

सेवा ग्राहीलाइ समस्या पर्ने कुरात परै जाओस् । नगरपालिका कार्यलयले अख्तियारको पनि दुरुपयोग गरीरहेकोछ । नगरपालिकाका महत्वपुर्ण काजजात हरु सेवा ग्राहीको भरमा बाहीर निकासी भइरहेकाछन् । खाली लेटर प्याड बाहीर बिगबिगी रुपमा देखीने गरेकाछन् । उनै सुमित्रा मगरले पनि दुइप्रति खाली लेटर प्याड बोकीरहेकी थिइन् । सरकारी काजतात नियमावली ऐन बमोजिम यस्तो कार्यलाइ अख्तियार दुरुपयोग अन्तर्गत राखीएकोछ । नगरपालिका आफैले सबैको अगाडी अख्तियारको दुरुपयोग गरीहरदा सेवाग्राहि त्यसको प्रत्यक्ष मारमा परेकाछन् ।

अंग्रेजिमा दख्खल भएको कर्मचरीलाइ निर्वाचनमा खटाएकोले यस्तो भएको कार्यकारी अधिकृत पिताम्बर अधिकारी बताउछन् । करीब दुइसय कर्मचारी कार्यरत उपमहानगरपालिका कार्यलयमा अंग्रेजि भाषमा जानकार कर्मचारी नहूँदा यस्तो समस्या आएकोहो । नाता र दाताका भरमा कर्मचारी भर्ती गर्दाको सजाय जनताले भोगीरहहेकाछन् ।

उपमहानगरपालिकाका प्रशासकिय अधिकृत संजय अधिकारी यो बिषय अत्यन्तै गम्भिर रहेको बताउछन् । यो बिषयमा जानकारी पाउनासाथ आफुले खबरदारी गरीसकेको उनको भनाइछ । बाहीर बाट लिखित तयार परेर ल्याउन र भित्र त्यसलाइ प्रिन्ट गर्न सकिन्छ तर लेटर प्याडनै बाहीर लाने काम गैरकानुनी रहेको अधिकारी बताउछन् । बिगतमा यस्तो गल्ति भएको रहेछ । अब यो समस्या नआउने उनले बताए ।

नगरपलिका गेट नजिकै एक कम्युनिकेशन सेन्टर संचालक भन्छन् “पहिला यस्तो धेरै आउथ्यो म पनि गर्थे तर अहिले गर्दीन” । अर्का संचालक आफ्नो कामगर्ने भाइ बाहीर गएकोले यस्तो काम गर्न नसकेको कारण व्यापारमा ठुलो घाटा भएको बताउछन् ।
यसरी सरकारी कागजात बाहीर छ्याप्छ्याप्ति हुनुले उक्त कार्यलयको मर्यादा माथि प्रश्न उठेको छ । अख्तियारको दुरुपयोग हुनुलाइ भ्रष्टाचार मानिन्छ । जनप्रतिनिधि भ्रष्टाचार बिरोधि हुने र पारदर्शीता नैतिकता र झन्झटमुक्त प्रशासनको सपना बाढ्दै गर्दा यो घटनाले उनिहरुको प्रतिबद्धताको खिल्लि उडाइरहेकोछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg