गृहपृष्ठ » News, इटहरी अपडेट » रोबोट मार्फत भोट माग्दै हेमकर्ण

रोबोट मार्फत भोट माग्दै हेमकर्ण

 Posted by Itahari Fm | error | २७८ पटक

दोस्रो चरणमा मंसिर २१ गतेको चुनावका लागि उम्मेद्वारहरु मतदाता फकाउन नयाँ नयाँ शैली अपनाउन थालेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्नका लागि सुनसरीमा नेपाली काँग्रेसले नयाँ शैली अपनाएको छ । सनुसरी क्षेत्र नम्बर २ क का उम्मेद्वार हेमकर्ण पौडेलले नयाँ शैलीमा रोबोट मार्फत भोग मागेका छन् ।
इटहरीमा नयाँ नयाँ काम गर्दै निकै लोकप्रियता कमाएका हेमकर्णले भोट माग्न पनि त्यस्तै शैली अपनाएका हुन । सुनसरीमै पहिलो पटक शुक्रबार इटहरी २ को देवीथान चौकमा बनेका हेमकर्णले आधुनिक विज्ञानको आबिष्कार रोबोटकोे प्रयोग गर्दै भोट मागेका हुन ।
देवी थान चौकमा भेला भएका स्थानिय रोबोट देखेपछि आश्र्चयमा परेका थिए । नेपाली काँग्रेसको झण्डा र चुनाव चिन्ह बोकेको आधुनिक मेसिन मानवले भोट मागेको देखेका स्थानिय आश्चर्य र रमाईलो मान्दै खासखुस गर्दै थिए । रेडियो, टिभीमा सुने देखेको र पत्रपत्रिकामा रोबोटका बारेमा पढेकाहरु पनि आफ्नै आखाँले देख्दा छक्क परेका थिए ।
पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका हेमकर्णको यो नयाँ शैलीलाई पनि स्थानियले निकै रुचाएका थिए । स्थानिय टंक बहादुर बस्नेतले भने रोबोट भन्ने सुनेको थिँए आज आफ्नै आँखाले देखेँ रमाईलो लागेको छ । भोट माग्ने नयाँ शैली ठिक लाग्यो ।
रोबोट मार्फत भोट माग्दै हेमकर्णले भने म आफै पनि युवा हुँ, युवाको सोच र समयको माग अनुसार काम गर्छु । प्राविधिक विषयको प्रयोग कमजोर भएको अवस्थामा यसको उच्चतम प्रयोग गर्न सकिन्छ भन्ने देखाउन पनि रोबोटको प्रयोग गरेको उनले बताए । आफुले जिते युवा, प्रविधि र समाजलाई एक आपसमा जोड्ने भन्दै हेमकर्णले भोट दिन आग्रह गरे । आफुले जिते यस्तै नयाँ नयाँ काम गर्ने भन्दै एक पटक अवसर दिन उनले आग्रह गरे ।
युवा माझ रुचाईएका हेमकर्णको यो नयाँ शैलीलाई युवा पक्तिले पनि राम्रो भन्दै सकारात्मक रुपमा लिएको बताएका छन् । उनको यो कामले युवाको ध्यान थप खिचेको छ । हामी नयाँ केही गर्नु पर्छ भन्ने पक्षका युवा हौँ स्थानिय एक युवा युकेश पोख्रेलले भने उहाँको काम सह्रायिन छ । हामी उहाँ जस्तै काम गर्नेको पक्षमा छौँ ।
रोबोट मार्फत भोट माग्ने कार्यक्रमा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यस्तै जेष्ठ नागरिकहरु पनि रोबोट र हेमकर्ण हेर्न भन्दै देवी थान चौकमा आएका थिए ।
सेन्सर मार्फत चल्ने यो मेसिन मानवलाई ब्लुटुथ मार्फत मोबाईलबाट चलाईएको थियो । नेपाली काँग्रेसका उम्मेद्वारको प्रचारप्रसारका लागि काठमाण्डौँबाट यो रोबोट सुनसरी ल्याइएको हो । काठमाण्डौँमा इन्जिनियरिगं पढ्दै गरेका विद्यार्थीहरुको संस्था हिमाली इन्जिनियरिङ सोलुसन कम्पनीले यो रोर्बट निर्माण गरेको निर्माणकर्ताका एक सदस्य आर्दश मल्लले बताए । ३ जना मिलेर यो रोर्बट तयार गरेको आर्दशले बताए । ३ वटा रोबोटले विभिन्न ठाउँमा चुनाव प्रचार गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार रोबोटले जय नेपाल भन्छ, उम्मेद्वारको नाम लिन्छ र भोट माग्छ । चुनावमा बढ्दै गएको प्रचार खर्चलाई यसले कम गर्ने उनले सुनाए । नयाँ र कम खर्चिलो भएका कारण धेरै ठाउँबाट रोबोटको माग भएको आर्दशले बताए । ४० देखी ५० हजार रुपैयँमा एउटा रोबोट तयार गर्न सकिन्छ ।
फरक प्रस्तुती मार्फत आफ्नो क्षमता देखाउँदै आएका हेमकर्णको पक्षमा जनमत बढ्दै गएको आंकलन गरिएको छ । पार्टिसँगै र अन्तर पार्टिमा पनि उनको लोकिप्रयता बढ्दै गएको देखिन्छ । नयाँ काम गर्ने हेमकर्णको यो प्रविधिको प्रयोगले पनि उनको पक्षमा युवाजनमत ल्याउने देखिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg