गृहपृष्ठ » इटहरी अपडेट, खेल/मनोरन्जन » इटहरीमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

इटहरीमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

 Posted by Itahari Fm | error | २२० पटक

नेपालमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ । ११ लाख पुरस्कार राशी सहितको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
इटहरीकै पुरानो राष्ट्रिय जागृति क्लवको आयोजनामा प्रतियोगिता गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । नेपालमा सबैभन्दा बढि ८ लाख पुरस्कार राशी काकडभिट्टा गोल्डकप हुँदै आएकोमा यस पटक देखी इटहरीमा ११ लाख राशीको फुटबल प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिताका उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचमा १० हजार, र विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई २० हजार पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आगमी पुस १५ देखि २२ गते सम्म प्रतियोगिता इटहरीको क्षेत्रीय रंगशालामा आयोजना हुने पत्रकार सम्मेलनमा बताइएको छ ।
इटहरीमा हुन लागेको यो प्रतियोगिता अहिले सम्मकै ठुलो भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिनुभयो । नेपाल भर यति ठुलो राशीको प्रतियोगिता भएको अवस्थामा इटहरीको प्रतियोगिताले देशकै ध्यान पूर्व केन्द्रीत गर्ने सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।
राष्ट्रिय जागृति क्लबले ११ औँ संस्करण सम्म अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग इटहरी गोल्डकप फुटबल नाममा सञ्चालन गर्दै आएको प्रतियोगिता यस पटक देखी मदन भण्डारीको नाममा सञ्चालन गर्न लागिएको हो ।
प्रतियोतिा सञ्चालनका लागि मदन भण्डारी मेमोरियल ट्रष्ट र राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने बताईको छ ।
प्रतियोगितामा १० टिमले सहभागीता जनाउँने आयोजकले जनाएको छ । मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौ,त्रिभुव आर्मी क्लब काठमाण्डौ,मोरङ ११ मोरङ, झापा ११ , सहित भारतका २, भुटान र बंगलदेशका १ ।१ टिमको सहभागिता रहने राजा क्लबका अध्यक्ष सञ्जिव ढुंगानाले जानकारी दिनुभयो । आयोजक राजा क्लबले पनि स्थानिय र राष्ट्रिय खेलाडी सहित सहभागिता जनाउने बताइएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg