गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीमा वम विष्फोट, ३ घाईते

इटहरीमा वम विष्फोट, ३ घाईते

 Posted by Itahari Fm | error | २४८ पटक

निर्बाचन र लोकतन्त्र बिरोधीले बम र धराप थाप्ने क्रम बढेको छ । हीजो मात्रै उदयपुरमा काग्रेस उम्मेदवार नारायण कार्कीलाइ लक्षीत गरेर थापेको धरापमा परि उम्मेदवार कार्की सहित ४ जना घाइते भएकोमा आज सुनसरी क्षेत्र नं ३ का नेपाली काग्रेसका उम्मेदवार बिजय गच्छदारलाइ लक्षीत गरेर राखेको बम बिष्फोट हुदा इटहरीमा तिन जना घाइते भएका छन् ।
सुनसरी क्षेत्र नम्वर ३ मा पर्ने इटहरी ९ मा नेपाली काग्रेसका महिलाहरुले चुनाबी सभा आयोजना गरेका थिए । त्यो सभामा बिजय गच्छदार आउने अनुमानले बम राखीएको हुनसक्ने आसंका गरिएको छ । विष्फोटमा परी एक नावालक सहित ३ जना घाईते भएका छन । स्थानीय धनबहादुर श्रेष्ठ, सम्रिना अधिकारी र नावालक योवन न्यौपाने घाईते भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चिरन्जिबी दाहालले वताएका छन् । इटहरी ९ मा रहेको भलाद्मी टोलमा रहेको कार्यक्रममा उपप्रधानमन्त्री तथा क्षेत्र नं ३ का उम्मेदवार विजय गच्छदारको श्रीमती निर्मला गच्छदार, क्षेत्रनम्वर ३ क का उम्मेदवार कुमार थापाको श्रीमती शान्ता थापा, राज्यमन्त्री सुमित्रा विस्वास र पूर्व संसद कल्पना चौधरी लगायत सहभागी हुने कार्यक्रम थियो ।
त्यही कार्यक्रम नजिकै वम विष्फोट भएको हो । वमको छर्र्राले नेपाली काग्रेसका जिल्ला सदस्य दिपक ढकालको आखामा पनि चोट लागेको छ । अस्ती पनि इटहरी १२ को खनार चौकमा आयोजित बिजय गच्छदार सहभागि कार्यक्रममा बम भेटिएको थियो । त्यस बेला सुरक्षाकर्मीले बम डिष्पोज गरेर मानबीय क्षति हुनबाट जोगाएका थिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg