गृहपृष्ठ » बिबिध » इटहरीमा हेमकर्ण हाइप

इटहरीमा हेमकर्ण हाइप

 Posted by Itahari Fm | error | १४७० पटक

इटहरीको राजनीती कहिले काही एउटा न एउटा बिषयबाट चर्चीत हुने गर्छ । राष्ट्रिय राजनीती संगै स्थानिय तहको राजनीति पनि प्रभाबित हुने कुरा त स्वभाबिकनैहो । त्यसको अलवा इटहरीको राजनीतिमा अन्य स्थानिय श्रोतको प्रभाव ज्यादा परीरहेकोछ । स्थानिय तह निर्वाचनको समयमा इटहरीको चर्चा देशैभर भयो । टिकट बितरणको समय देखी मत परीणामको समय सम्म । इटहरीको राजनीतिक वृतमा चर्चा भएको अवस्थामा कतैन कतै जोडीएरै आउने नामहो हेमकर्ण पौडेल ।

पौडेल इटहरीको चर्चीत राजनैतिक अनुहारहो । एक ताका इटहरीका सम्पुर्ण राजनैतिक पार्टी भित्र राम्रो चलखेल गर्न सक्ने सिपालु युवा हुन् । उनको राजनैतिक बिरासतका आधारमा उनि यति धेरै माथी पुगेका हैनन् । आफ्नो प्रतिभा लाइ राजनितिमा प्रयोग गर्ने एक चतुर खेलाडी हन् पौडेल । बिद्यार्थी राजनीति सुरु गर्दा देखीनै हरेक समस्या लाइ कटनैतिक हिसाब बाट समाधान गर्न सिपालु पौडेलले त्यहि प्रबृति लाइ निरन्तरता दिइरहेकै छन् । नेकपा एमालेको बिद्यार्थी भातृसंगठन अनेरास्वबियु बाट राजनैतिक यात्रा सुरुगरेका उनले नेबिसंघ मार्फत कांग्रेसको घर प्रबेश गरेका हुन् । नेबि संघ प्रबेश गरेको दुइ बर्षमै उनि जनता बहुमुखी क्याम्पसमा नेबि संघका तर्फबाट स्ववियु सभापतीमा निर्वाचित भए । त्यस बेला देखीनै उनको चर्चीत हुने सृङ्गखला सुरुभएको पाइन्छ । नेबिसंघमा औपचरीक प्रवेश नगरेका तर नेबिसंघ भएर हिडेको भएर उनले नेबिसंघ भएरै माहोल बनाइ सकेका थिए । त्यसबेला स्वबियुको टिकट बितरणमा कडाइ भएपछी कार्यकर्ताको तर्फ बाट पार्टी लाइ दबाब दिन लगाए । यति सम्मकी उनको पक्षको अर्काे बिश्वसिलो मान्छेलाइ दाबेदारी प्रस्तुत गर्न लगाएर । बिचमा मिलाउदा आफ्नो पक्षमा टिकट पर्ने गरी व्यवस्थापन मिलाए । जसरी पनी आफ्नो पक्षमा माहोल बनाए । अन्तत इतिहासमै पहिलो पटक जनता बहुमुखी क्यम्पसमा नेबिसंघको तर्फ बाट स्ववियु जित्ने पहीलो उमेद्धवार बने ।

बिद्यार्थी राजनीतिबाट राजनैतिक इनिङ्गस सुुरुगरेका पौडेलले त्यसपछी तरुणदल सुनसरी जिल्ला सचिव र इटहरी कांग्रेस नगर सदस्यमा मनोनित भए । नगर सदस्यमा मनोनित भएको अर्को कार्यकालमा इटहरीको सर्वसम्मत नगर सभापती भए । राजनैतिक दुरदर्शीता चातुर्यता को कारण उनको यात्रा सामान्य भन्दा दु्रत गतिमा अगाडी बढीरहेकोछ । बिचमा व्यातिगत रुपमा अनेकौ समस्या आइनपरेका हैनन् । तथापी इटहरी नगर सभापतीमा अत्याधिक मतका साथ निर्वाचित भएरै छाडे । कहाँ कसलाइ कुन हिसाबमा प्रयोग गर्न सकिन्छ भन्ने कुराको राम्रो हेक्का राख्ने भएकाले पनि पार्टी भन्दा व्यति बढी प्रचलित बन्न पुगे ।

अहिले प्रदेश सभा सदस्यको उमेद्धवारी दिदै गर्दा उनको पक्षमा जुन किसिमको माहोल देखिएकोछ । जसको कारण बिपक्षी हरुलाइ सोच्न बाध्य बनाएकोछ । बाम गठबन्धनले धेरै सकसपुर्ण निर्वाचनको रुपमा पौडेल संगको प्रतिश्प्रधालाइ लिइरहेकोछ ।
यस अगाडी स्थानिय तहको निर्वाचनमा इटहरी मेयरको लागी सिफारीसमा परेका थिए । तर टिकट पाएनन् । त्यसको लगतै बजार भरी असन्तुष्टि पोखीयो । यति सम्मकि इटहरी बजार बन्द गर्नुपर्ने सम्मका कुरा आए । इटहरी कांग्रेस नगर कार्यलय बन्द भयो । सुनसरी पार्टी सभापती लाइ ध्यानआकर्षण बुझाइयो । उनि एक चतुर राजनैतिक खेलाडी भएकोले नेता र समर्थकलाइ कसरी आफ्नो पक्षमा राखिराख्ने भन्नेमा आफ्नो तिक्ष्णता प्रयोग गरे । स्वतस्र्फु बिरोधमा माहोल बनेको भनियो तर पोडेलले आफ्नो घरमा भेलो भएको आफ्ना समर्थकलाइ इटहरी चौकमा भेला हुन भनेको भिडियो बाहीर आयो । तर उनका समर्थकले पार्टीको निर्णय सच्याउनु पर्छ भन्दापनि यसलाइ स्विकार गरेर अगाडी बढ्नुपर्ने र पार्टीलाइ जिताउन लाग्नुपर्ने भनेर सार्वजनिक रुपमा माहोल बनाउन थाले । निर्वाचनमा माहोल बनाउन र असन्तुष्टको चित्त बुझाएर उनले उदारता देखाएको देखीयो । निर्वाचनमा बहुमत वडाध्यक्ष कांग्रेसले जित्यो तर मेयर उपमेयर जित्न सकेन । यसमा धेरैले आआफ्नो तर्क गर्न भ्याए ।

अहिले उनै पौडेल सुनसरी क्षेत्र नं २ क बाट प्रदेशसभाका उमेद्धवार छन् । मेयरमा टिकट नापाएपछी सहानुभुती पाएका पौडेलले त्यसलाइ थप बढाउन इटहरीले बाढीको पिडा भोगीरहेको बेला सहयोग मार्फत थप बढाए । त्यो बिचमा पनि उनि बिभिन्न प्रभावकारी क्षेत्रमा सकृय भए । सबै भन्दा ठुलो कुरा इटहरीमा उनको पक्षमा उर्लीएको माहोलले केन्द्र सम्म प्रभाव पार्यो । प्रदिप गिरी, रामशरण महत, बिश्प्रकाश शर्मा, महेश आचार्य लगायत नेताले इटहरीनै आएर उनको प्रशम्सा गरे । जसले गर्दा उनको राजनैतिक धरातल बलियो बन्यो । त्यही कारण पनि प्रदेश सभाको निर्वाचनमा टिकट पाउन उनलाइ सहज भएको हुनुपर्छ ।

अहिले इटहरीको हरेक चिया चौतारीमा चुनावी बहस हुनेगरेकाछन् । प्रत्यक्ष परोक्ष रुपमा पौडेलको नामपनि चर्चामा आउने गरेको छ । उनका प्रतिश्प्रधि नेकपा एमालेका पुराना नेता तथा इटहरीका पुर्व मेयर श्वच्छ छविका नेता सर्वध्वज सावा हुन् । उनि जनजाति र एमाले नेता भएकोले पनि उनको जनाधार बलियो देखिएकोछ । यो बिरासत लाइ पौडेलको लोकप्रियता र वाकपटुताले भत्काउन सक्छकी सक्दैन धेरैको मनमा प्रश्न उठ्न थालेकोछ । पौडेल सुनसरी कांगे्रसका भाषण वाचका रुपमा परीचित छन् । उनको भाषणकै कारण समर्थक हुनहरु पनि धेरै छन् ।

मिठो बोल्ने मिलाएर बोल्ने कसैको अगाडी रुखो नबोल्ने हासेर बोल्ने सबैलाइ नामले बोलाउने उनको व्यात्तिगत छविछ । जसकारण सबैले आफुलाइ हेमकर्णले नजिक बाट चिन्छन् भन्ने परेको छ । को के भन्दा खुसी हुन्छ भन्ने कुरामा उनलाइ राम्रो संग जानकारीछ । सबै भन्दा बढी सेन्टिमेन्ट आफ्नो पक्षमा पार्न उनि जस्तो नेता बिरलै पाइन्छ । युवा, महिला, बालबालीका, प्राध्यापक, मजदुर सबैलाइ मनछुने शब्द मार्फत सम्बोधन गर्ने क्षमता उनमा रहेकोछ । हरेक सामाजीक संघसंस्था संग राम्रो सम्बन्ध राख्न सक्छन् पौडेल । त्यसले गर्दा पनि उनले जित्छन् भनेर धेरैले आकलन गर्न थालेका छन् । राजनितिक माहोललाइ गोप्यरुपमा आफ्नो पक्षमा पार्न सिपालु पौडेल बिपक्षीलाइ प्रयोग गरेर भएपनि मतपरीणाम आफ्नो पक्षमा पार्न सक्छन् ।

पौडेल आफैपनि सामाजीक संजाल प्रिय नेताहुन् । उनि त्यसमार्फत जनसम्पर्क बढाउने र जनभावना अनुसार बिचार ब्यक्त गर्ने गर्छन् । केही सहयोग गर्नपरे सामुहीक रुपमा गर्ने, सबैले सुन्ने गरी सामाजीक कुरामा आफ्नो अभिव्यक्ति दिने उनको बानीछ । उनि कसैलाइ सरसल्लाहको लागी घरमै निमन्त्रणा गर्ने गर्छन् । जसले गर्दा सम्ंबन्ध पारीवारीक जस्तो देखियोस् ।

स्थानिय निर्वाचमा आफ्नो पक्षमा देखीएको माहोललाइ संरक्षण गरेर उनि प्रदेश सभाको निर्वाचनमा होमीएका छन् । प्रचार प्रसारलाइ तिब्रता दिइरहेका पौडेलले युवा र समर्थकको साथ भरपुर पाइरहेकाछन् । सकेसम्म धेरैमान्छेले आफुलाइ मानुन् र सबैको सर्वसहम्मत हुनपाइयोस् भने पौडेको धारणा बुझिन्छ त्यसले गर्दा पनि उनि आफुलाइ कांग्रेस भन्दा हेमकर्ण पौडेलको नाम बाट चिनाउन चाहान्छन् ।

हेमकर्ण पौडेलको चुनावी प्रचार प्रसार तिब्रछ । सम्पुर्ण माहोल उनको पक्षमा देखीन्छ । सामाजिक संजालमा उनकै चर्चाछ । हरेक अनलाइन मिडियाले उनकै पक्षमा माहोल बनाइरहेकाछन् । युवाहरु हेमकर्ण जिताउ अभियानमा लागीरहेकाछन् । नकि कांग्रेस जिताउ अभियानमा । प्रचार प्रसारकै आधारमा हेर्ने हो भने हेमकर्ण यसपाली बिजय भइसके । तर उनका बिश्वाशिला नजिकका प्रचारक हरु आफै मताधिकार बाट बन्चित भएको कुरा उनलाइ हेक्का हुन जरुरीछ । कसैले उनको बिषयमा धेरै प्रचार गर्यो भने मान्छे बिरक्त भएर मत बिग्रने होकि भन्ने प्रश्न सोच्न जरुरी भएकोछ । अमेरीकामा हिलारी को पक्षमा सम्पुर्ण युवा तथा महिलाअधिकारकर्मी र मिडिया लाग्यो तर नतिजा डोनाल्ड ट्रम्पको पक्षमा आयो । यहाँ यस्तो नहोस् ।

अर्को कुरा निर्वाचनमा कुनै एक पक्षमात्र बिग्रीयो भने सम्पुर्ण परीणाम बिग्रन सक्छ । अहिले पौडेलको पक्षमा पौडेल पक्षियहरु मात्र सक्रिय भएर हुदैन सम्पुर्ण कांग्रेस पक्षिय सक्रिय हुनुपर्छ । उनको हरेक प्रचारमा एकै व्याक्तिको सहभागीता देखीन्छ । त्यसलाइ हटाएर स्थनिय संगठनको परीचालन गर्नुपर्छ । हरेक कार्यक्रममा कांग्रेस नेतानै छुट्न थालेकाछन् । यसले गर्दा उनको बिजयको यात्रमा काडेतार लाग्नपनि सक्छ । त्यसैले बेलैमा यस्ता समस्या लाइ समाधान गर्न जरुरीछ ।

अहिले माहोल सबै आफ्नो पक्षमा रहेको र कसैले पनि हराउन नसक्नेमा उनि ढुक्क जस्ता देखिन्छन् । धेरै ढुक्क हुनाले पनि कहिलेकाही नराम्रो परीणाम निकाल्न सक्छ । हुनत पौडेल आफ्नो पक्षमा नतिजा नआउने हँुदा सम्म कुनै चुनौति लिदैनन् । उनि खास कसैलाइ पनि बिश्वास गदैनन् । तर बिश्वस्त दिलाउन माहीरछन् । उनका नजिकका भनिएका हरुनै उनको बिपक्षमा लागीरहेकाछन् । सुचना सबै तिर नपुर्याउनु, सांगठनिक परीचालनमा ध्यान नदिनु समिपमा सहयोग गर्ने र भित्रि रुपमा बिरोधाभाषी कुरा गर्नाले माहोल कतै प्रभाबित हुने होकी भनेर शंका सुरु भएकोछ । पौडेलको लागी लोकप्रिय हुन जुन सजिलो भयो लोकप्रियता टिकाउन त्यतिकै चुनौतिपुर्ण देखीन्छ । जुन बिषयमा उनि हजारौ गुणा जानकार छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook