गृहपृष्ठ » इटहरी अपडेट » अब लाइसेन्सको लागी लाइन बस्न नपर्ने

अब लाइसेन्सको लागी लाइन बस्न नपर्ने

 Posted by Itahari Fm | error | ३२४ पटक

सवारी चालक अनुमति पत्र लाइसेन्स लिनको लागी लाइन बस्नु परेको र धेरै भिडभाड मा लाठी चार्ज सम्म भएको भन्ने गुनासो आइरहदा अब लाइन बस्न नपर्ने भएको छ । नेपाल सरकारले लाइसेन्स फारम अनलाइ बितरणको तयारी गरीरहेको र सबै काम अन्तिम चरणमा पुगेको भन्दै अब फर्म भर्नकै लागी धेरै संघर्स गर्न नपर्ने भएको हो । काम सबै सकिएको भनेर जानकारी आएपनि सफ्टवेयस आइनसकेकोले काम हुन नसकेको कोसि अञ्चल सवारी चालक अनुमतिपत्र यातायात कार्यलयका प्रमूख श्याम कूमार सिंहले बताए । उनका अनुसार कोसी अञ्चल भरी एक मात्र कार्यलय रहेको र लाइसेन्स खुलाउन पनि ढिला हुने गरेकोले समस्या आउने गरेकोहो ।

दुइपाङ्गे्र गाडीको लाइसेन्स खलेको समय सबै भन्दा बढी भिड हुनेगरेको छ । अहिले सबैलाइ लाइसेन्स अनिवार्य जस्तै भइसकेको हुनाले भिड बढेको सिंहको भनाइछ । कार्यलय बिकेद्रिकरण गरेर जिल्ला स्तर सम्म लैजान सके समस्या समाधान हुने उनले सुझाए । कार्यलयको आफ्नो भवन नभएको ले भवनको लागी प्रकृया अगाडी बढीरहेका हुदा आउने सेवाग्राहीलाइ भनेजस्तो सेवा दिन नसकिएको उनले बताए । सिमीत कर्मचारीमा असिमित काम पर्ने गरेको छ । जसको कारण कार्यलय व्यवस्थापन गर्न कठिनाइ परीहरेको सिंहको भनाइछ ।

यसपाली बितरण भएको टोकनमा उपस्थित हुने समय निर्धारण गरीएको छ । सोही बमोजिम प्रतेक दिन तिनसय सेवाग्राहीले फारम पाउनेछन् । यो प्रकृया लाइ चैत सम्ममा सक्ने र नयाँ बर्षबाट नयाँ फारम बितरण थालीने सिंहले जाकारी दिए । जसको लागी लाइन बस्न नपर्ने र घरैबाट फारम भर्न बुझाउन सकिने उनले स्पस्ट पारे ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg