गृहपृष्ठ » News, इटहरी अपडेट » यसकारण इटहरी राजधानी (भिडियो सहित)

यसकारण इटहरी राजधानी (भिडियो सहित)

 Posted by Itahari Fm | error | ४४१ पटक

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ । चुनाव अघि नै प्रदेशको राजधानी तोकिने भएकाले विभिन्न शहरहरुले आ आफ्नो दावी पेश गर्न थालेका छन् । इटहरीका बौद्धिक जमातले एक नम्बर प्रदेशको राजधानी इटहरी उपयुक्त हुने आधार प्रस्तुत गरेका छन् ।
विशेष गरी इटहरी, विराटनगर, धरान र धनकुटाले यसअघि नै दावी प्रस्तुत गरेका थिए । अन्य शहरहरुले राजधानीका लागि केहीसमय अघि नै गतिविधि गर्दै आएको भएपनि इटहरी भने भर्खरै वैचारिक बहस सुरु गरेको हो ।
नागरिक समाज इटहरीको अगुवाईमा भेला भएका प्रोफेसर, डाक्टर,नागरिक अगुवा, शिक्षाविद्, समाजिक संघसंस्था, मन्त्रि, पूर्व सांसद र राजनितिक दलका प्रतिनिधिहरुले इटहरी उपयुक्त हुने आधार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रा. डा. टंक न्यौपानेले यस अघि दावी गरेका विराटनगर, धरान र धनकुटा कुनैपनि हालतमा उपयुक्त नहुने धारण राख्नुभयो । धुलाम्य सडकलाई पिच गर्न नसक्ने विराटनगर,राम्रो बसपार्क बनाउन नसक्ने धरान र क्षेत्रीय प्रशासन कार्यालयहरु रहँदा पनि बसोबासको राम्रो व्यवस्था गर्न नसक्ने धनकुटा राजधानीका लागि उपयुक्त हुनै नसक्ने डा.न्यौपानेले बताउनुभयो । राजधानी हचुवाको भरमा तोक्न नहुने भन्दै सवैले आफ्नो स्वार्थ भन्दा माथी उठ्नुपर्ने प्रा.डा. न्यौपानेको भनाई थियो ।
दावी गर्ने अन्य ३ शहरको तुलनामा इटहरी यातायातको सहज पहुँच, पूर्वाधार विकास गर्ने प्रशस्त जग्गा जमिन, देशी तथा विदेशी पाहुनालाई सहज रुपमा राख्न सक्ने होटलको व्यवस्था जस्ता सुविधाले इटहरी उपयुक्त हुने डा. न्यौपानले बताउनुभयो ।
पूर्वका सिमाविद् तथा नागरिक अगुवा गोपाल कोईराला त्यागी ले यो वा त्यो भन्दा पनि देशलाई सम्झेर राजधानी तोकिनुपर्ने बताउनुभयो । सुरक्षाका हिसाबले स्थान तोकिनुपर्ने उहाँको सुझाव थियो ।
कार्यक्रममा राजनितिक विश्लेषक मोहन तिम्सिनाले बनिएका ठाउँ र बनाउनुपर्ने ठाउँ राजधानीका लागि हुन सक्ने २ तर्क देखिएको बताउनुभयो । तर राजधानी तोक्दा आधा बनेको र आधा बनाउनुपर्ने ठाउँलाई तोक्दा राम्रो हुने तिम्सिनाको भनाई थियो । उहाँले प्रदेशको राजधानी तोक्ने १० आधार प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री बस्ने ठाउँको २०।२५ किलोमिटर परिधि मानेर अरु मन्त्रालय राख्न सकिने बताउनुभयो ।

पूर्व सांसद रेवतिरमण भण्डारीले प्रदेश राजधानीका लागि सवै क्षेत्रका व्यक्तिहरु लागेर अगाडि बढ्नुपर्ने बताउनुभयो । संसदमा हुँदा पूर्वी पहाडी जिल्लाका सांसदहरुले अन्य शहर भन्दा इटहरी सेन्टर पनि पर्ने र यातायातको शहज भएकाले इटहरी नै बनाउन सकिने धारणा राखेको पूर्व सांसद भण्डारीले बताउनुभयो ।
व्यवसायी बलराम आचार्यले जोगवनी किमाथांका सकडको विस्तारले गर्दा पनि अन्य शहरको तुलनामा इटहरी राजधानी उपयुक्त हुने बताउनुभयो ।
यता, पूर्वमन्त्रि तथा पूर्वसांसद रामकुमार सुब्बाले विगतमा नेतृत्वले प्रभाव देखाउन नसक्दा इटहरीका लागि आएका सुविधाहरु धरान र विराटनगरमा गएको उल्लेख गर्दै अव त्यो अवस्था आउन दिन नहुने बताउनुभयो । छरिएर नभई जुटेर राजधानीका लागि दवाव दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपस्थित राजनितिक दल तथा समाजिक संघसंस्थाका व्यक्तिहरुले इटहरी उपयुक्त हुने धारणा राखेका थिए । भौगोलिक हिसाबले सहज, पूर्वाधकारको विकास गर्न सकिने प्रशस्त सम्भावना भएकाले इटहरी राजधानी तोकिनुपर्ने छिमेकी शहरका नागरिक अगुवाहरुको भनाई थियो ।
सरकारले आसन्न चुनावको अगाडिनै राजधानी तोक्दैछ । अस्थायी रुपमा ७ वटै प्रदेशमा राजधानी तोकिने र त्यसलाई निर्वाचन पछि गठन हुने प्रदेश सभाले त्यसको टुंगो लगाउनेछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg