गृहपृष्ठ » इटहरी अपडेट » इटहरीको मुख्य बजारमा बन्दुक देखाएर सुन लुटियो ( भिड्यो )

इटहरीको मुख्य बजारमा बन्दुक देखाएर सुन लुटियो ( भिड्यो )

 Posted by Itahari Fm | error | २३३० पटक

इटहरीको मुख्य चौकमा रहेको सुनपसलबाट बन्दुक देखाएर सुन लुटिएको छ । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् ।
इटहरी वडा नम्बर ६मा रहेको सुनपसलमा सुन खरिद गर्ने भनेर आएका एक युवाले ४ वटा सिक्री र एउटा ब्रास्लेट मागेको र हिड्ने बेलामा बन्दुक देखाएर भागेको सञ्चालक टेकेन्द्र बस्नेतले जानकारी दिए ।
सुनको समान लिएर मोटरसाईकलमा चढेर भागेको पसलमा काम गर्ने चिरत पराजुलीले जानकारी दिए ।करिव ५ तोलाको सुनको समाग्री लिएर भागेको उनले जानकारी दिए । पराजुलीका अनुसार सो व्यक्ति हिजो पनि सुन खरिद गर्ने भन्दै आएका थिए ।
मोटरसाईकलमा आएको एक युवाले कालो चस्मा र हेलमेट लगाई आएको उक्त युवाले पसल सञ्चालकालाई गोजीबाट पेस्तोल देखाई सुन लिएर भागेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए । उनको खोजी भईरहेको डिएसपी राउतले जानकारी दिए ।
दशैँ तिहारमा सामान्य रहेको इटहरीमा चाडपर्वपछि सुनपसल लुटपाट भएको छ । करीब ७ महिना अगाडी पनि इटहरीमा नै सुनपसल लुटपाट भएको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg