गृहपृष्ठ » इटहरी अपडेट » गोकुलमको नयाँ अवतार

गोकुलमको नयाँ अवतार

 Posted by Itahari Fm | error | १६२६ पटक

इटहरीको उपमहानगरको काखैमा पर्छ गोकुलम रिसोर्ट । इटहरीमा आएका नयाँ पाहुना लाइ भुल्याउने गतिलो गन्तव्य बन्दैछ गोकुलम । खासमा इटहरीबासी लाइ छुट्टी मनाउने र साथीभाइ घुम्म जाने सजिलो गन्तव्य हो गोकुलम । कसैले इटहरीमा के छ भनेर प्रश्न गर्यो भने । उत्तर बनेको छ गोकुलम । त्यसैले इटहरी र आसपासको क्षेत्रकोलागी रमाइलो घुमफिर क्षेत्रको रुपमा बिकाश हुदैछ गोकुलम ।

गत श्रावण २७ गते आएको भिषण बाढीका कारण क्षति बेहोरेको गोकुलमले अहीले नयाँ अवतार लिदै गएकोछ । पुराना संरचनामा केही थप गरेर नयाँ संरचनाको निर्माण हुदै गर्दा गोकुलमको नयाँ रुप देखीन थालेकोहो । बोटीङ्ग र छेउछाउका बोटबिरुवा बगाए पछी उराठ जस्तो देखीएको थियो । तर अहिले सुन्दर एवं हरीयाली देखीन थालेकोछ ।

नभत्किए सम्म नयाँ बन्न सक्दैन भन्ने मान्यता राख्ने गोकुलम संचालक राधेश्याम पौडेल बाढीको कारण आर्थीक रुपमा हानी बेहोर्नुत पर्यो तर कस्तो संरचना निर्माण गर्नुपर्ने हरेछ भन्ने गतिलो सन्देश पाएको बताउछन् । पहीला बोटीङ्ग संचालन हुदै आएको स्थानमा रेस्टुरेन्ट तथा सेमिनार हल निर्माण हुदैछ । पोखरी माथी निर्माणाधिन सेमीनारहल पुर्वकै नयाँ खालको हुने पौडेलको भनाइ छ । संगै ताजमहल पुग्न नपाएका हरुकोलागी संझना स्वरुप ताजमहल को संरचना समेत निर्माण भइरहेको छ ।

केही दिन देखी गोकुलम रिसोर्ट परीसरमा क्यामेल राइडीङ्ग सुरु हुदैछ । यति मात्र हैन गोकुलम गोल्डको नामबाट सेवा बिस्तार भइरहेको छ । इटहरीको स्काइ प्लाजामा गोकुलम गोल्डले बिश्वाशिलो तवरले बिभिन्न स्किममा सुनचाँदीका गहना बिक्रि गर्दै आएको छ ।

गोकुलम संचालक पौडेल गोकुलम लाइ भबिश्यमा सेमिनार हलको साथमा फिल्म हल र पिकनिक स्पर्टको लागी उत्कृष्ट गन्तब्य बनाउने बताउछन् । पुर्वकै उत्कृष्ट सिसोर्टको रुपमा परिचित गोकुलम सिसोर्टले सम्पुर्णको ध्यान खिचेको छ । दैनिक हजारौ पर्याटकलाइ स्वागत गरीरहेकोछ । केही समयमा यो दोब्बर हुनेमा पौडेल बिश्वस्त छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg