गृहपृष्ठ » News, इटहरी अपडेट » लाईसेन्स लिन सास्ती, प्रहरीद्धारा लाठी चार्ज (भिड्यो )

लाईसेन्स लिन सास्ती, प्रहरीद्धारा लाठी चार्ज (भिड्यो )

 Posted by Itahari Fm | error | ९४७ पटक

करिव ९ महिना पछि खुलेको मोटरसाईकलको लाईसेन्सको फारम भर्ने कुपन लिन सर्वसाधरणले सास्ती भोग्नु परेको छ । यातायात व्यवस्था कार्यलय कोशीमा खुलेको मोटरसाईकलको लाईसेन्सको लागि फारम भर्न कुपन लिने हजाराँैको भिड लागेपछि व्यवस्थापन गर्न प्रहरीलाई समस्या भएको छ । हजारौँको संख्यामा लाईनमा बसेकाहरुको भिडलाई व्यवस्थापन गर्न प्रहरीले लाठी चार्ज नै गर्नुपरेको छ ।
कुपन लिने ठाउँ सम्म पुग्नु अगाडि नै ठेलमठेल भएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी चार्ज गरेको थियो । प्रहरीले लाईनमा लागेका व्यक्तिलाई अन्धाधुन्द लाठी चार्ज गर्दा धेरै घाईते भएका थिए । प्रहरीले बल प्रयोग गर्दै लाठी चार्ज गरेपछि लाईनमा बसेका सर्वसाधरणहरुले सास्ती भोग्नु परेको छ । प्रहरीको लाठीले लागेर केहीको टाउको चोट समेत लागेको थियो ।
कोशी राजमार्गमा हजारौँको भिड लागेपछि सवारी आवागमन अवरुद्ध भएको थियो । दिनभर जसो सवारी आवागमनमा समस्या भएको थियो । टफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको थियो । धरान जाने सवारीलाई टफिकले बाईपास गर्दै पठाएको थियो ।
यातायात व्यवस्था कार्यालय कोशीको लाईसेन्स तिवरण कार्यालयले आज एक दिनका लागि फर्म भर्न कुपन वितरण गरेको थियो ।कुपन लिन राती २ बजेबाट नै लाईन बसेकाहरु विहान प्रहरीको लाठी खानु परेपछि आक्रोशित बनेका थिए । कुपन वितरणको व्यवस्था प्रभावकारी बनाउन नसकेको भन्दै उनीहरुले गुनासो गरेका थिए ।
राती देखी लाईन बसे पनि व्यवस्थापन राम्रो नहुँदा प्रहरीको कुटाई खानु परेको लाईनमा लागेका विराटचौकका गणेश राईले बताए । राती २ बजे आएको बताएका गणेशले प्रहरीले जथाभावी टाउकोमा तोकर लाठीले हिर्काएको बताए । टाउको चोट देखाउँदै उनले भने कुटाई खाएर भए पनि कुपन चाँही लिएँ । लाईनमा लागेर बल्लबल्ल कुपन लिएकाहरु भने कुनै सानो तिनो युद्ध नै जितेको जस्तो अनुभुति गरेका थिए ।
भिड धेरै ठुलो भएको र नियन्त्रणमा लिन केही बल प्रयोग गर्नुपरेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी संजय राउतले बताए । लाईनमा लागेका व्यक्तिहरुले एकले अर्कोलाई धकेल्दा दुर्घटना हुने डरले नियन्त्रणमा लिन केही बल प्रयोग गर्नुपरेको डिएसपी राउतले बताए ।
लाईसेन्स वितरण नियमित रुपमा नहुँदा यो समस्या भएको स्थानियको भनाई छ । यातायात भित्रका कर्मचारी र दलालहरु वीचको कमिसनको कारण लाईसेन्स वितरण नियमित हुन नसकेको स्थानिय गुरु सिक्देलले बताए । नियमित खुलाउँदा हुने लाईसेन्स महिनौ रोकेर कमिसनको खेल भईरहेको उनले बताए ।
यता, यातायात कार्यालयका प्रमुख श्याम कुमार सिंह धेरै पछि फर्म खुलेकाले भिड बढेको बताए । लाईनमा लागेका सवै व्यक्तिहरुलाई कुपन दिने गरी व्यवस्थापन मिलाईएको प्रमुख सिंहले जानकारी दिए ।

नागरिक समाजको चासो
आज दिनभर जसो इटहरीको सवारी आवागमन नै अवरुद्ध पार्ने गरी भएको लाईसेन्सको कुपन वितरण प्रति नागरिक समाजले चासो दिएको छ । नागरिक समाजका अध्यक्ष कमलेश पौडले सहित पूर्व अध्यक्ष र अन्य पादाधिकारीहरु यातायात कार्यालयका प्रमुखलाई भेट्न पुगेका थिए । यत्रो ठुलो भिड हुने देख्दा देख्दै हाईवेमा वितरण गरेको भन्दै असन्तुष्टि जनाए । नागरिक समाजका पूर्व अध्यक्ष बोधराज नेपालले ठुलो भिड व्यवस्थापनका विषयमा उपमहानगर, नागरिक समाज जस्ता सरोकारवाला निकायसँग समन्वय नगरेको भन्दै असन्तुष्टि जनाए । समन्वय गरेको भए केही व्यवस्थापन गर्न सकिने उनको भनाई थियो । यस्तै अध्यक्ष कमलेश पौडेलले अवका दिनमा यस्तो ठुलो भिड हुने गरी गरिने कार्य गर्दा खुल्ला ठाउँमा गर्न आग्रह गरे ।
यता, यातायात कार्यालयका प्रमुख श्याम कुमार सिंहले अवका दिनमा यस्तो कार्य गर्दा समन्वय गर्ने र खुल्ला ठाउँमा गर्ने प्रतिवद्दता जनाए ।
करिव ३२ हजारले लिन कुपन
आईतबार यातायात कार्यालयले वितरण गरेको मोटरसाईकलको लाईसेन्स लिने फर्म भर्ने कुपन करिव ३२ हजारले लिएका छन् । कार्यालयको प्रारम्भिक जानकारी अनुसार दिनभर करिव ३२ हजारले कुपन लिएको प्रमुख श्याम कुमार सिंहले जनाए । चैत्र सम्मका लागि कुपन वितरण गरिएको कार्यलयले जनाएको छ ।

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg