गृहपृष्ठ » News, इटहरी अपडेट » जति पक्रे पनि भष्ट्रचारी घटेनन् : आयुक्त बस्न्यात

जति पक्रे पनि भष्ट्रचारी घटेनन् : आयुक्त बस्न्यात

 Posted by Itahari Fm | error | १२२ पटक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले एक पछि अर्को गर्दै भष्ट्राचारीहरुलाई पक्राउ गरी कारबाही गरे पनि भष्ट्राचार गर्ने प्रवृत्ति नघटेको बताउनुभएको छ ।
दैनिक जसो स्टेरिगं अपरेसन गर्दै भष्ट्राचारीलाई पक्राउ गरिएको भएपनि यो संख्या घट्नु पर्नेमा त्यो हुन नसकेको भन्दै सोच्नुपर्ने अवस्था आएको बस्न्यातले बताए । अख्तियारको इटहरी कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै प्रमुख आयुक्त बस्न्यातले भने यहि इटहरी हो जहाँ यातायातका कर्मचारीलाई ६० करोड विगो सहित मुद्धा दायर गरेको, हिजो मात्रै धरानमा घुस लिँदै गर्दा पक्राउ गरियो, पक्राउ दैनिक हुन्छन् तर प्रवृत्ति घट्नु पर्नेमा घटेको छैन । यस्तो हुनु राम्रो नभएको बस्न्यातको भनाई छ ।
देशको अस्थिर राजनितिकै प्रभावले कर्मचारीको परिवर्तन भईरहन्छ आयुक्त बस्न्यातले भने, माथी सचिव स्तरका कर्मचारी देखी तल्लो तहका कर्मचारीमा काम पन्छाने प्रवृत्ति बढेकोछ । कर्मचारीमा बढेको गलत संस्कारकै कारण सेवाग्राहीले पाउनु पर्ने सेवा पाउन नसकेको उनको भनाई थियो ।
संघिय संग्रचना अनुसार जनताको बढ्दो आकाक्षा अनुसार काम हुनुपर्नेमा त्यो पनि हुन नसकेको प्रमुख आयुक्त बस्न्यातले बताए । राष्ट्र सेवक कर्मचारीहरु जो भष्ट्रचार गर्ने र गलत आचरण भएका छन् उनीहरु जोसुकै भएपनि कारबाही गर्नबाट नचुक्ने आयुक्त बस्न्यातले दावी गरे ।
देशको संघिय संग्रचना अनुसार नै अख्तियारले पनि विभिन्न स्थानमा रहेका कार्यालयहरुको स्तर उन्नती गर्ने निति लिएर काम गर्दै अघि बढेको उनले जानकारी दिए ।
अहिले इटहरी लगायत अन्य ५ ठाउँमा कार्यालय निर्माणको काम भईरहेको पनि कार्यक्रममा बताईएको थियो । इटहरीमा सुविधि सम्पन्न भवन सहितको सेवाले यस क्षेत्रमा सुशासन कायम गर्न कार्यालय सक्षम हुने अपेक्षा गरिएको कार्यक्रममा बताइएको थियो ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg