गृहपृष्ठ » News, इटहरी अपडेट » नेविसंघको विवाद मिल्यो, मन्दिप जिल्ला सभापति

नेविसंघको विवाद मिल्यो, मन्दिप जिल्ला सभापति

 Posted by Itahari Fm | error | १८१३ पटक

नेपाल विद्यार्थी संघ सुनसरीमा नेतृत्वलाई लिएर हुँदै आएको विवाद मिलेको छ । विगत २ बर्ष देखी नेतृत्व कसले गर्ने भन्ने विषयमा गुटगत रुपमा हुँदै आएको विवाद आपसी समहतिमा मिलेको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापति राजिव कोईराला र नेपाल विद्यार्थी संघका केन्द्रिय उप सभापति विकास केसी सहित बसेको बैठकले यो सहमति गरेको हो । बैठकले नयाँ समिती पनि चयन गरेको नेविसंघका उपसभापति विकास केसीले जानकारी दिए । आगामी फागुन ७ गते भित्रमा नेविसंघको जिल्ला अधिवेसन सम्पन्न गर्ने गरी नवगठित समितीलाई जिम्मेवारी दिइएको छ ।
नवगठित समितीको सभापति मन्दिप भट्टराई रहेका छन् । समितीको उप सभापतिमा विक्रम घिमिरे, बुद्धहागं लिम्बु,टंक दाहाल, सुबेच्छु देवान, गुणनन्द चौधरी रहेका छन् ।
यस्तै जिल्ला सचिवमा टेकेन्द्र राई र नविन कट्वाल रहेका छन् । सहसचिवमा तिर्थ भट्टराई, सन्तोष साह, राजेन्द्र ख्डका, विनय दहाल रहेका छन् भने कोषाध्यक्षमा रोहित नेपाल रहेका छन् ।
विवादकै कारण नेविसंघले जिल्लामा खासै राम्रो तरिकाले काम गर्न नसकेको आरोप लाग्ने गरेको थियो । नेविसंघ कमजोर भएसँगै त्यसको असर पाटिको राजनितिमा पनि परेको भन्दै विवाद मिलाउन पाटि नेतृत्वलाई दवाव पर्दै आएको थियो ।
आसन्न चुनावलाई लक्षित गर्दै जिल्ला पार्टि नेतृत्व र नेविसंघ केन्द्रको पहलमा यो विवाद मिलाईएको बताइएको छ । विवाद मिलेसँगै नयाँ समितीले सुनसरीमा सक्रियता देखाउने अपेक्षा गरिएको छ ।
यता नेविसंघका नवनिर्वाचित सभापति मन्दिप भट्टराईले नेविसंघले सक्रियता बढाउँदै संगठन सुदृढ बनाउने बताए । नेविसंघलाई नयाँ उचाईमा पुर्याउने गरी सवैलाई साथमा लिएर काम गर्ने भट्टराईको भनाई छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg